रजनिकान्त पनि ‘मीटू’ अभियानमा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

रजनिकान्त पनि ‘मीटू’ अभियानमा



नयाँ दिल्ली । दक्षिणी भारतीय सुपरस्टार रजनिकान्त ‘मीटू’ अभियानको समर्थनमा उभिएका छन् ।

भारतमा कार्यक्षेत्रमा हुने यौन दुर्व्यवहारविरुद्ध ‘मीटू’ ह्यासट्याग अभियान चलिरहेको छ । यो अभियानले मन्त्रीलाई समेत राजीनामा दिन बाध्य पारेको छ ।

कार्यक्षेत्रमा हुने यौन दुर्व्यवहारका विरुद्ध महिलाहरु ‘मीटू’ अभियानमार्फत बोलिरहेका छन् । सुपरस्टार रजनिकान्तले पनि आफू ‘मीटू’ अभियानको पक्षमा रहेको बताएका छन् ।

उनले समर्थन गर्दै यो राम्रो अभियान भएको बताएका छन् । उनले भनेका छन्, ‘यसको गलत प्रयोग हुनु हुदैन । सहि प्रयोग गर्नु पर्छ । यो राम्रो अभियान छ । म पनि ‘मीटू’ को साथमा छु । ’

‘मीटू अभियानले भारतका केन्द्रीय मन्त्री एमजे अकबरले राजीनामा गरेका छन् । त्यस्तै, भारतीय इन्डियन आईडलका जज अनु मलिकले राजीनामा दिएका छन भने थुप्रै कलाकार, पत्रकार, लेखक, नेताले पद गुमाउनु परेको छ ।