मन्त्री रविन्द्र अधिकारीले राजिनामा नदिने ? - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

मन्त्री रविन्द्र अधिकारीले राजिनामा नदिने ?



काठमाडौं २३ पुस । वाइडबडी विमान खरीद प्रकरणमा मुछिएका पर्यटन मन्त्री रविन्द्र अधिकारील पत्रकार सम्मेलन सम्मेलन गर्दैछन् । आज लेखा समितिको वैठक अघी नै उनले पत्रकार सम्मेलन गरि आफ्ना धारणा बाहिर ल्याउने छन् । उनले पत्रकार सम्मेलनमा राजीनामा देलान वा संसदीय छानविन उपसमितिलाई चुनौती देलान भन्ने चासो बढेको छ ।

१० बजे पत्रकार सम्मेलन राखिएको छ । उपसमितिको प्रतिवेदनका आधारमा मन्त्री अधिकारीको गम्भीर त्रुटि देखिएकाले सोही अनुसार प्रक्रिया अगाडि बढाउन लेखा समितिले सिफारिस गर्ने तयारी गरेसँगै मन्त्री अधिकारीले राजीनामा दिनुपर्ने चौतर्फी दवाव पनि छ।

तर मन्त्री अधिकारीको सचिवालयले भने राजीनामाको तयारी नभएको बताएको छ । वाइडबडी विमान खरीद प्रकरणमा भ्रष्टाचार भएको छानबिन गर्न गठित लेखा समितिको उपसमितिले बनाएको प्रतिवेदनका आधारमा देवकोटा र कंसाकारलाई निलम्बन सिफारिस गर्न लागेको हो। आज लेखा समिति बैठकमा प्रतिवेदनमाथि छलफल हुने र प्रतिवेदनका आधारमा तत्काल देवकोटा र कंसाकारलाई निलम्बन गर्न सिफारिस गरिनेछ ।