मदन भण्डारी र इतिहास सम्झाउँदै बाबुरामले मागे राष्ट्रपतिको राजीनामा
काठमाडौं- पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अलिकति लाज बाँकी भए राजिनामा दिन सुझाव दिएका छन् ।
डा. भट्टराईले स्व. मदन भण्डारीको स्मृति र इतिहासप्रति सम्झाउँदै राष्ट्रपति भण्डारीको राजीनामा मागेका हुन् ।
भट्टराईले भनेका छन् स्व. मदन भण्डारीको स्मृति र इतिहासप्रति अलिकति पनि लज्जाबोध बाँकी भए राजीनामा दिएर बिदा हुनुहोस । उनले राष्ट्रपति पदको दुर्दशा भएको समेत आरोप लगाएका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा एक फोटो शेयर गर्दै लेखेका छन्, ‘राष्ट्रपति पदको दुर्दशा ! महामहिम, स्व. मदन भण्डारीको स्मृति र इतिहासप्रति अलिकति पनि लज्जाबोध बॉकी भए राजीनामा दिएर विदा हुनोस् !’
![](https://himalpost.com/wp-content/uploads/2020/12/baburam.jpg)