मेयर चौधरीको राजीनामा माग - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

मेयर चौधरीको राजीनामा माग



सुर्खेतः कर्णालीका महिला अधिकारकर्मीहरुले इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीको राजीनामा माग गरेका छन्। महिला अधिकारका क्षेत्रमा कार्यरत यहाँका नौ महिला अधिकारवादी संस्थाका प्रमुखहरुले राजीनामा माग गरेका हुन्।

अधिकारवादीको संयुक्त विज्ञप्तिमा भनिएको छ, “स्वतन्त्र अधिकार हनन् गरी समग्र महिलाको बेइज्जत गर्ने नगर प्रमुखलाई सरकारले यथाशीघ्र कारवाही गर्नुपर्छ।”

माग सरकारले सुनुवाइ नगरे देशभरका महिलाले सडक तताउने उनीहरुले चेतावनी दिएका छन्। अश्लील अभिव्यक्ति दिने र महिलाको सम्मानमा प्रहार गरेकाले कारवाहीका लागि माग गरिएको आवाज संस्था सुर्खेतका प्रमुख पवित्रा शाहीले जानकारी दिइन्।

नगर प्रमुख चौधरीले केही दिनअघि सार्वजनिकरुपमा बोलेको भिडियो भाइरल भएको थियो। उनका विरुद्धमा आवाज संस्था, महिला मानवअधिकार रक्षक सञ्जाल, एकल महिला समूह, सङ्कल्प सञ्जाल, मगर महिला सङ्घ कर्णाली प्रदेश, वाम संस्था, सुन्दर नेपाल, राष्ट्रिय आदिवासी जनजाति महिला सङ्घ, बेजिङ कमिटी र मगर महिला सङ्घ सुर्खेतले संयुक्त विज्ञप्ति जारी गरेका हुन्। रासस