राजीनामा दिन्न, बरू अर्कै बाटो समात्छु: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

राजीनामा दिन्न, बरू अर्कै बाटो समात्छु: प्रधानमन्त्री ओली



काठमाडौं- संसद पुनर्स्थापना भएसंगै प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने दवाव आइरहेका बेला आफूले कुनै पनि हालतमा राजीनामा नदिने ओलीले बताएका छन्।

एक टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले आफूले कुनै हालातमा राजीनामा नदिने भन्दै अर्कै बाटो समात्ने संकेत गरेका छन् ।

अन्तर्वार्तामा उनले भने,‘ म राजीनामा लेख्दिन, लेख्नुपर्ने अवस्था पनि होइन। त्यसो भएपछि मैले अरू पनि बाटा समाउन सक्छु ।’

ओलीले सर्वोच्च अदालतको निर्णयमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै कतै उल्लेख नगरेको भन्दै आफूले राजिनामा नदिने अडान लिएका छन् ।

उनले भने, अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरे पनि प्रधानमन्त्रीले राजीनामा दिनु भन्ने फैसला गरेकै छैन ।’

ओलीले भनेका छन्, ‘यस्तो अवस्थामा राजीनामा देउ भन्यो ? मैले राजीनामा गर्ने हो भने अदालतको फैसलाले अस्थिरता निम्त्याएको देखिन्छ। मैले गरेको निर्णय सदर हुन्थ्यो भने देश यो स्थितिमा होइन चुनावतिर जान्थ्यो ।’

आफू अझै पनि ६४ प्रतिशत सांसदको समर्थनसहितको संसदीय दलको नेता रहेको पनि ओलीले दोहोर्‍याएका छन् । आफूलाई राजीनामाका निम्ति दवाब आइरहेको भएपनि आफू त्यसबाट नभाग्ने बरु अविश्वासको प्रस्ताप फेस गरेर निस्तेज पार्ने उनले बताए ।