एक हप्तामा दुई मन्त्रीद्वारा राजीनामा - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

एक हप्तामा दुई मन्त्रीद्वारा राजीनामा



जेनेभा । स्वीट्जरल्याण्डका उर्जा मन्त्री डोरिस लेथार्डले बिहीबार राजीनामाको घोषणा गरेका छन् ।  उनको राजीनामा यस बर्षको अन्त्यतिर मात्रै लागु हुने समाचारमा जनाइएको छ । उनीसँगै स्वीट्जरल्याण्डमा एक हप्तामा दुई मन्त्रीले राजीनामाको घोषणा गरेका छन् ।

लेउथर्ड विगत १२ बर्षदेखि सरकारमा रहेर सेवा गर्दै आएका छन् भने उनले दुई पटक अध्यक्ष मण्डलको नेतृत्व गरेका छन् ।  स्वीट्जरल्याण्डमा अध्यक्ष मण्डलको नेतृत्व हरेक एक एक बर्षमा फेरिने व्यवस्था रहेको छ ।

“नयाँ शक्तिहरुलाई ठाउँ बनाइदिने समय आएको छ,” ५५ बर्षिय क्रिश्चियन डेमोक्रयाट लेथार्डले संसदलाई पठाएको पत्रमा भन्नु भएको छ । उनले हाल वातावरण, यातायात, उर्जा र सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् ।

उनी अहिले स्वीजरल्याण्डमा सवैभन्दा लामो समय सरकारमा रहने मन्त्री हुन् । उनले सन् २०१९ मा हुने आम निर्वाचनसँग यो राजीनामाको कुनै सम्बन्ध नभएको यसअघि नै बताएका थिए ।

स्वीट्जरल्याण्डका अर्थमन्त्री जोन स्चेइडर अम्मानले राजीनामा दिने योजना बनाएको बताएको केही दिनपछि उर्जा मन्त्रीको राजीनामाको घोषणा भएको हो ।

यसै हप्ता अम्मानले पनि यही बर्षको अन्त्यतिर आफुले सरकार छाड्ने योजना बनाएको जानकारी दिएका थिए । उनी सन् २०१० मा मन्त्री बनेका थिए ।

लिवरल पार्टीका नेता ६६ बर्षिय अम्मानले पनि आफ्नो राजिनामासँग सन् २०१९ मा हुने आम निर्वाचनको कुनै सम्बन्ध नरहेको दावी गरेका छन् । रासस÷एएफपी