गृहमन्त्रीद्वारा राजीनामा ! - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

गृहमन्त्रीद्वारा राजीनामा !



बेलायत । बेलायती गृहमन्त्री अम्बेर रुडले राजीनामा दिएकी छन्। प्रधानमन्त्री टरिजा मेले सो राजीनामा स्वीकृत गरिसकेकी छन्।

‘विन्डरस स्क्याण्डल’ का रुपमा चर्चित कमनवेल्थ राष्ट्रबाट आएका आप्रवासीहरुलाई फिर्ता पठाउने एक योजनाबारे रुडले सांसदहरुलाई गलत जानकारी दिएकी थिइन्। सँगै गत ६ महिनामा मे सरकारबाट राजीनामा दिन बाध्य हुने मन्त्रीको संख्या ४ पुगेको छ।

गत बुधबार रुडले यो विवादबारे छानबीन गरिरहेका सांसदहरुलाई आप्रवासी फिर्ता पठाउने कुनै लक्ष्य नरहेको बताएका थिइन्। तर सो विषयमा रुडले आप्रवासी हटाउने लक्ष्य समेत उल्लेख गरेर प्रधानमन्त्रीलाई लेखेको पूरै पत्र नै गार्जियनले आइतबार प्रकाशित गरिदिएको थियो। एजेन्सी