महानायक राजेश हमालको स्वागतमा चण्डीगढका नेपाली (फोटो फिचर) - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

महानायक राजेश हमालको स्वागतमा चण्डीगढका नेपाली (फोटो फिचर)



अर्जुन खनाल ,चण्डीगढ/कात्तिक २७ 

नेपाली वेलफेयर सोसाइटीद्वारा भारतको चण्डीगढमा भारत नेपाल मैत्री सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

खेम नाथ शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आयकर आयुक्त डा.राजेन्द्र कौरको प्रमुख आतिथ्यता रहेको थियो ।अतिथिहरूमा काउन्सेलर लिली बाबा र भारत विकास परिषदका विकाश जैन रहेका थिए ।

कार्यक्रमका मुख्य केन्द्रबिन्दु महानायक राजेश हमाल र उनकी धर्म पत्नी मधु भट्टराई रहेकी थिइन ।कार्यक्रममा हास्य कलाकार उज्वल गिरी ,लोक तथा दोहोरी गायिका उमा गिरी ,सुनिता नेपाली ,डान्सर करिस्मा थापा ,लोक दोहोरी गायक ऋषि डुम्रे ,मिलन सापकोटा,अर्जुन सापकोटा ,विष्णु भुसाल ,विष्णु बराल ,आधुनिक गायक सबिन लिम्बु ,पप गायक नवीन सुबेदी आदिले आफ्नो बेजोड प्रस्तुति दिएका थिए ।

उक्त कार्यक्रम धर्मशाला निर्माणको निम्ति आयोजना गरिएको बताएका थिए ।नेपालबाट आएर भारतमा अलपत्र परेकाहरुलाई उद्धार गर्ने र विभिन्न समस्यामा परेका नेपालीहरूलाई सहयोग गरिने आयोजकले बताएका थिए । सो धर्माशाला निर्माण अभियानको लागि हस्ताक्षर अभियान चलाउनको निम्ति महानायक हमालबाटै सुरुवात गरिएको थियो ।

कार्यक्रमलाई प्रेम बहादुर सन्तोषी,ईश्वरी प्रसाद शर्मा ,सञ्जय रायमाझी कमल पुन ,दुर्गा केसी र उदय राज न्यौपानेको विशेष सहयोग रहेको थियो ।