पुन: नाकाबन्दी गर्ने राजेन्द्र महतोको संकेत
राजविराज ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए पहिले जस्तै सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
यसअघि मधेशी दलहरुले गरेको सडक आन्दोलनको आडमा भारतले नेपालमाथि नाकाबन्दी गरेको थियो ।
शनिबार राजविराजमा आयोजित कार्यक्रममा महतोले मधेश गठबन्धनले निर्वाचनमा मधेशी जनताको जनादेश पाएअनुसार संविधान संशोधनलाई पहिलो प्राथमिकतामा राखेको बताए ।
मधेशी जनताको जनादेशले छ मधेशवादी दललाई एकै छातामुनि ल्याएको भन्दै उनले निर्वाचनको परिणाम कुनै दलको नभएर मधेशी जनताको भएको जिकिर गरे ।
मधेशी जनताले दिएको जनाधिकारको तीन ठूला दलले समेत स्वीकार गरी संविधान संशोधन गर्नुपर्ने महतोलफे बताए ।