सांसद राजेन्द्र लिङदेनलाई ज्यान मार्ने धम्की - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

सांसद राजेन्द्र लिङदेनलाई ज्यान मार्ने धम्की



काठमाडौं– राप्रपाबाट प्रतिनिधिसभाका सांसद राजेन्द्र लिङदेनलाई ज्यान मार्ने धम्की आएको छ । अज्ञात व्यक्तिले फाेन गरेर सांसद लिङ्देनलाई ५० लाख रुपैयाँ फिरौती मागेका छन् ।

फोनमार्फत उनलाई ५० लाख रुपैयाँ मागिएको र नदिएमा ज्यान मार्ने धम्की दिइएको छ । सांसद लिङदेनले आफूलाई ५० लाख माग गरिएको र नदिएमा ज्यान मार्ने धम्की आएको बताएका छन् ।

काठमाण्डुटुडेसँग कुरा गर्दै उनले भने, ‘५० लाख नदिए ज्यान मार्ने धम्की आएको छ । प्रहरीलाई खबर गरेको छु । सबै कुरा गर्दा प्रहरीलाई अनुसन्धानमा अफ्ठेरो पर्न सक्छ ।’

‘के कसैले पचास लाखको लोभमा म माथि गोली चलाउन सक्ला ? के मलाई गोली हनाउन पचास लाख खर्च गर्ने कोही होलान त ?’, उनले प्रश्न गरे, ‘ के कसैले गोली ठोक्लाकी भनेर राजेन्द्र लिङदेन बाटो छोडेर हिंडछ भनेर कसैले सोचेको होला ? के निर्धारित मिति भन्दा एकैक्षण पर बाँच्ने ताकत कसैसंग होला ?’