इतिहासको कालो दिन: आजै भएको थियो राजदरवार हत्याकाण्ड - Himal Post Himal Post
  • २८ मंसिर २०८२, शनिबार
  •      Sat Dec 13 2025
Logo

इतिहासको कालो दिन: आजै भएको थियो राजदरवार हत्याकाण्ड



काठमाडौँ १९ जेठ ।

नेपालको इतिहासमा आज कालो दिन अर्थात् राजा विरेन्द्रको वंश बिनाश हुनेगरी नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डको आज १६ वर्ष पुरा भएको छ । तत्कालीन राजा बिरेन्द्र र उनको स-परिवारलाई वि.सं. २०५८ साल जेठ १९ गते राती दरवारभित्र गोली हानि हत्या गरिएको थियो । उक्त गोलीकाण्डमा राजा विरेन्द्रको वंश नै सखाप गराइएको थियो ।

वि.सं. २०५८ सालमा आजकै दिन जेठ १९ को रात राजपरिवारका सदस्यहरुको पारिवारिक रात्रिभोज भएको बेलामा भएको यो हत्याकाण्डमा तत्कालिन राजा विरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रृतिसहित १० जनाको मृत्यु भएको थियो । घटनापछि तत्कालिन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालिन युवराज दीपेन्द्रबाटै भएको ठहर गरेपनि आम जनमानषले अझै पनि त्यो कुरा स्वीकार गरेका छैंनन् । घटना अझै शंकास्पद र रहश्यास्पद छ । राजा बिरेन्द्रको बंश नाश पछी नेपालको राजाका रुपमा ज्ञानेन्द्र शाहको शासनकाल प्रारम्भ भयो । उनको साशनकाल लम्बिन सकेन र जनआन्दोलन २०६२/६३ को सफलतासंगै ज्ञानेन्द्रको शासन पतन भयो र नेपालबाट राजसंस्थाकै अन्त्य हुन पुग्यो ।