रजत पदक धारी सापकोटालाई मकाउ लभ लिजर फिट्नेश क्लबको तर्फबाट सम्मान। - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

रजत पदक धारी सापकोटालाई मकाउ लभ लिजर फिट्नेश क्लबको तर्फबाट सम्मान।



कर्ण बहादुर अधिकारी मकाउ,चीन।

मकाउ ओपन बडी बिल्डिङ च्याम्पियनशीप २०१७ मा मकाउ लभ लिजर फिटनेश क्लबको तर्फबाट ७५ किलोग्राम तौल समूहमा भाग लिई दोस्रो स्थान हासिल गर्नु भएका इन्द्र सापकोटालाई मकाउ लभ लिजर फिटनेश क्लबका सञ्चालक सागर अधिकारीले एक विशेष कार्यक्रमको आयोजनका गरी बधाई तथा सम्मान गरेको छ।

उक्त कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ मकाउका अध्यक्ष मुकेश कुमार बरूवाल,सदस्य शेर बहादुर कोइराला लगायत लभ लिजर फिटनेश क्लबका सदस्यहरूको उपस्थित रहेको थियो।
विगतका दिनहरू देखि नै विदेशी भूमि मकाउमा नेपालीहरूले यस्ता कार्यक्रममा भाग लिदै आएका छन्।

यसरी प्रतियोगितामा भाग लिएर विजयी हुनु भनेको नेपाल र नेपालीको लागि गौरवको कुरा हो।ड्युटीबाट बचेको समयलाई सदुपयोग गर्दै नेपाल र नेपालीको नाम चिनाउन सफल भएकोमा इन्द्र सापकोटा एकदमै खुसी छन्।सापकोटालाई बढी बिल्डिङ प्रतियोगितामा भाग लिने वातावरणको सृजना सागर अधिकारीले नै गरेका हुन।

उक्त प्रतियोगिता २३/७/२०१७ मा भएको थियो।मकाउमा बिजनेश व्यवसाय गरी रहेका सागर सामाजिक कार्यमा पनि जुटी रहेका छन्।कार्यक्रममा सागर अधिकारीको तर्फबाट रात्रि भोजको आयोजना पनि गरिएको थियो।