राजस्व उठाउन नसकेपछि सरकार तनाबमा - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

राजस्व उठाउन नसकेपछि सरकार तनाबमा



चालू आर्थिक वर्षको पहिलो ६ महिनामा लक्ष्यभन्दा २७ अर्ब कम राजस्व असुल भएपछि सरकारले लक्ष्य भेटाउन विकल्प खोज्न थालेको छ।

पुस मसान्तसम्ममा ४ खर्ब २९ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकोमा ४ खर्ब २ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको खबर आजको कारोबार दैनिकमा निरु अर्यालले लेखेकी छन्।

अहिलेकै अवस्थामा राजस्व संकलनको लक्ष्य भेटाउन मुस्किल पर्ने देखिएपछि केही विकल्पका आधारहरु खोजेर भएपनि लक्ष्यअनुसार राजस्व असुली गर्ने प्रभावकारी उपाय अबलम्बन गर्ने तयारीमा अर्थ मन्त्रालय पुगेको छ।

त्यसका लागि सात विकल्प अघि सारिएका छन्। जसमा बक्यौता असुली, जफत गरिएका सामानको लिलामी, भन्सार मूल्यांकनमा परेका मुद्दा फस्र्योट, पुनरावलोकन उजुरीको फैसला, बिलिङ इन्फोर्समेन्टमा कडाई, चोरी पैठारी तथा चुहावट नियन्त्रण र राजस्व लक्ष्य नै संशोधन गर्ने सरकारको तयारी छ।