राजपा प्रदेश सरकारबाट बाहिरेला ?
काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) ले संघीय समाजवादी फोरम संघर्षको मैदान छाडेर सत्तामा गएको आरोप लगाएको छ । आजको कान्तिपुरले पृष्ठ ४ मा यो समाचार छापेको छ ।
राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले आफ्नो पार्टी प्रदेश सरकारबाट नबाहिरिने बताए ।
यादवले भने,
-उपेन्द्रजीले संविधान संशोधन गर्ने संघर्षको मैदान छाडेर सत्तामा जानुभएको छ ।
-यसैका कारण हामी २ नम्बर प्रदेशबाट बाहिरिने कुनै कुरा छैन ।
-जतनताको म्यान्डेटअनुसार गठबन्धन निर्माण गरेका हौं ।
-तर, फोरमको निर्णय र गतिविधिमा धेरै भर पर्छ ।