राजापाले समर्थ लिने भनेपछि प्रम ओलीले बालुवाटार बोलाए - Himal Post Himal Post
  • १३ माघ २०८२, सोमबार
  •      Mon Jan 26 2026
Logo

राजापाले समर्थ लिने भनेपछि प्रम ओलीले बालुवाटार बोलाए



काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय जनता पार्टी नेपालसँग वार्ता गर्ने भएका छन् ।

राजपा नेपालले १ बजे बैठक बसेर समर्थन फिर्ता लगायतको विषयमा निर्णय गर्नै लाग्दा प्रधानमन्त्री ओलीले सो दलका नेतालाई विहानै १० बजे बालुवाटार बोलाएका हुन् ।

प्रधानमन्त्री निवासमा हुने बैठकमा सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्न प्रधानमन्त्री ओलीले राजपाका अध्यक्ष मण्डललाई आग्रह गर्ने बालुवाटार स्रोतले जनाएको छ।

संविधान संशोधन सहितका विभिन्न माग राखी नेकपा नेतृत्वको सरकारलाई राजपा नेपालले मुद्दाको आधारमा‌ बाहिरबाट समर्थन गरिरहेको छ। तर, सरकार गठन भएको एक वर्ष हुनै लाग्दा पनि राजपाले अघि सारेका कुनै पनि मागप्रति सरकारले चासो नलिएको भन्दै समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको हो।

दुई तिहाई बहुमतले बनेको सरकारले आफूहरूको माग बेवास्ता गर्ने नीति अख्तियार गरेको कुरा बुझे पछि सरकारलाई दिंदै आएको समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको राजपा नेपालले जनाएको छ ।

राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले प्रधानमन्त्रीले छलफल गर्न बोलाएकोले राजपा अध्यक्ष मण्डल बालुवाटार जान लागेको जानकारी दिए ।

प्रधानमन्त्रीसँगको भेटघाट लगत्तै आज नै १ बजे पार्टी मुख्यालयमा‌ अध्यक्ष मण्डलको बैठक बस्ने महतोले जानकारी गराएका छन्।