कांग्रेस, नेकपासहित अन्य पार्टीका ३ सय जना राजपामा प्रवेश - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कांग्रेस, नेकपासहित अन्य पार्टीका ३ सय जना राजपामा प्रवेश



वीरगञ्ज- ठोरी गाउँपालिका–५ सुवर्णपुरमा राष्ट्रिय जनता पार्टी (राजपा)ले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस, नेकपासहित विभिन्न पार्टी परित्याग गरी करीब ३०० जना राजपामा प्रवेश गरेका छन् ।

तत्कालीन ठोरी गाविसका अध्यक्ष जरी लामासहित नेकपा माओवादी तथा नेकपाका कार्यकर्ता राजपामा प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई सो पार्टीका सहअध्यक्ष तथा पर्सा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्णले फूलमाला र अबिर लगाई स्वागत गरेका थिए ।

राजपा जिल्ला संयोजक जगदीश पटेलको सभापतित्वमा भएको सो कार्यक्रममा राजपाका महासचिव शिव पटेल, सांसद रमेश पटेल, क्षेत्र नं ४ का क्षेत्रीय अध्यक्ष जटाशङ्कर गिरीलगायत उपस्थित थिए ।