राजपामा अध्यक्षमण्डल खारेज
राजपामा अध्यक्षमण्डल खारेज हुने भएको छ ।
राजपाको शनिबार बसेको राजनीतिक समितिको बैठकले पार्टीको महाधिवेशनपछि अध्यक्षमण्डल खारेज गर्नेगरी विधान पास गर्ने विषयमा सहमति जनाएको छ ।
राजनीतिक समितिको अर्को बैठक आईतबार बस्ने भएको छ ।
आईतबारको बैठकले पार्टीको नयाँ विधान पास गर्ने अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले बताए ।, आजको नागरिक दैनिकमा यो खबर छ ।