सम्धिनीदेखि जग्गा दलाल सम्म: मधेस आन्दोलनको अपमान - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

सम्धिनीदेखि जग्गा दलाल सम्म: मधेस आन्दोलनको अपमान



काठमाडौं-

राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले सम्धिनी ईन्द्रा झालाई समानुपातिक निर्वाचन प्रणालीअन्र्तगत प्रतिनिधिसभा सदस्यमा सिफारिस गरेका छन् ।

राजनीतिक पृष्ठभुमि नभएकी झालाई यसअघ पनि सांसद बनाएका संयोजक ठाकुरले प्रतिनिधिसभा सदस्यका लागि पुनः समानुपातिकतर्फ सिफारिस गरेका हुन् ।

निवाृचन आयोगलाई बुझाएको समानुपातिकतर्फको बन्दसुचीमा झा क्रमसंख्या १५ मा परेकी छन् ।

राजपाले समानुपातिक सुचीबाट १५ जना सांसदका लागि आवश्यक मत ल्याएमा महन्थजीकी सम्धिनी पनि सांसद हुनेछिन्, एक नेताले भने, विगतमा कुैन राजनीतिक आन्दोलनमा संलग्न् नभएकी विशुद्ध गृहणीलाई सांसद बनाएर मधेस आन्दोलनको अपमान भएको छ ।

बन्दसुचिको क्रमसंख्या १ मा भने संयोजक ठाकुर आफै छन् ।, यो खबर आजको नागरिकमा छ ।