राजन भट्टराईको मुटुको शल्यक्रिया

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराईको मुटुको शल्यक्रिया गरिएको छ ।
एकाएक मुटुमा समस्या आएपछि उनलाई शहीद गंगालाल ह्दयरोग केन्द्र बाँसबारीमा भर्ना गरिएको थियो ।
प्रधानमन्त्रीका सल्लाहकार सुर्य थापाका अनुसार डा. भट्टराईको मुटुको दायाँतर्फको कोरोनरी आर्टरीको प्राइमरी एञ्जियोप्लाष्टी गरिएको हो ।
अहिले उनको अवस्था सामान्य रहेको जनाइएको छ । शुक्रबार राति अचानक मुटुमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

