प्रधानमन्त्रीका सल्लाहकार राजन भटराईलाई के भएको हो ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भटराईको मुटुमा एकाएक समस्या आएपछि अस्पताल भर्ना गरिएको छ।
भट्टराईलाई मुटुमा समस्या आएपछि शुक्रबार राति गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भर्ना गरिएको बताइएको छ ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालले ‘गेट वेल सुन’ भनेर ट्वीट गरेपछि भट्टराई बिरामी भएको सार्वजनिक भएको थियो।
परिवारजनका अनुसार उनको स्वास्थ्यमा सुधार भएको र उनी खतरामुक्त छन्।

