काठमाडौं लगायत देशभर आजपनि राजतन्त्र माग गर्दै विशाल प्रदर्शन
काठमाडौं – राष्ट्रिय नागरिक आन्दोलनले नेतृत्व गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत विभिन्न समूहले शनिबार काठमाडौंसहित देशभर राजतन्त्रको पक्षमा विशाल प्रदर्शन गरेका छन् ।
राजसस्था पुनर्स्थापना र हिन्दू राष्ट्रको मागसहित शनिबार दिउँसो उनीहरूले काठमाडौंको माइतीघर र जिल्ला सदरमुकामहरुमा प्रदर्शन गरिरहेका छन्।
झापामा आयोजना हुने कार्यक्रमलाई राप्रपा सांसद राजेन्द्र लिङदेनले सम्बोधन गर्दै छन् । राप्रपा र राज संस्थाको पुनर्स्थापना गर्ने समूहले राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्रको मागसहित प्रदर्शन गर्दै आएका छन्।
प्रदर्शन कारिले ‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ लगायत नारा लगाएका थिए।
![](https://himalpost.com/wp-content/uploads/2020/12/rajabadi4-768x513.jpg)
![](https://himalpost.com/wp-content/uploads/2020/12/rajabadi3-768x513.jpg)
![](https://himalpost.com/wp-content/uploads/2020/12/rajabadi2-768x513.jpg)
![](https://himalpost.com/wp-content/uploads/2020/12/rajabadi1-768x513.jpg)