धुम्बाराहीमा यसरी बन्यो राजा फर्काउने योजना ! - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

धुम्बाराहीमा यसरी बन्यो राजा फर्काउने योजना !



राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मङ्गलबारदेखि काठमाण्डुमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत हुने प्रतिवेदनलाई अनुमोदन गरेको छ ।

धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले संविधानअनुसार सरकार गठन भएको लामो समय भए पनि सामाजिक परिवर्तनको अनुभव हुन नसकेको भनी चिन्ता व्यक्त गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए  ।

बैठकमा अध्यक्ष थापाले समसामयिक राजनीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमा पार्टीले लिएको हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको वैचारिक दृष्टिकोणलाई भावी कार्यदिशाका रुपमा अगाडि बढाउने भनिएको छ । प्रतिवेदनमा करीब दुई दशक अगाडि वर्षमा १२ हजार जनशक्ति वैदेशिक रोजगारीमा जाने गरेकामा अहिले सो सङ्ख्यामा वृद्धि भई पाँच लाख पुगेकाले देशमा उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिइएको छ ।

महामन्त्री भाष्कर भद्राले सचिबालयसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन पेश गरेका छन् । करिब २०० नेता तथा कार्यकर्ताको सहभागितामा पार्टीको केन्द्रीय समितिको पूर्ण बैठक यही असोज २ र ३ गते काठमाण्डुमा बस्दैछ ।
रासस