राज नारायण पाठक जस्तो देश द्रोही भ्रष्ट्राचारीलाई टुँडिखेलमा लगेर झुण्ड्याउ नेपाल सरकार। - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

राज नारायण पाठक जस्तो देश द्रोही भ्रष्ट्राचारीलाई टुँडिखेलमा लगेर झुण्ड्याउ नेपाल सरकार।



कर्ण अधिकारी ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राज नारायण पाठकले ७८ लाख भन्दा बढी रकम भ्रष्ट्राचार गरेको कुरा नेपालका राष्ट्रिय पत्र पत्रिका,राष्ट्रिय टेलिभिजनहरू र सामाजिक सञ्जालहरूमा भाईरल भयसँगै अहिलेको नेकपाको सरकारले महा अभियोग लगाउनु पूर्व नै राष्ट्रपति मार्फत राजीनामा शुक्रवार बुझाएको भन्ने सुनिए सँगै यस्ता देश द्रोही र भ्रष्ट्राचारीहरूका विषयमा केही वकालत गर्ने जमर्को गरेको छु।देश र जनताको हित विपरीत काम गर्ने जसलाई नेपाली जनताले विश्वासको साथ हेरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त नै भ्रष्ट्राचारमा आए पछि जनताले विश्वास गर्ने कुनै ठाउँ नै रहेन।दुई तिहाइको नेकपाको सरकार भएको हाम्रो देशमा जनताले खासै आस गर्ने कुनै ठाउँ देखिएन।

यो काण्ड त सतहीमा आएको काण्ड मात्रै हुन सम्पत्ति सुद्धिकरणमा काम गर्ने कर्मचारीहरू चाहे उपसचिव हुन चाहे सुब्बा खरदार नै किन नहुन तिनीहरूको अवस्थालाई चित्रण मनन गर्न जरुरी छ।त्यसमा काम गर्नेहरूको उल्टै सम्पत्ति सुद्धिकरण गर्ने हो भने सायद ससुराली आफ्ना आफन्तका नाममा पनि सम्पत्ति लुकाएको हुन सक्छ।आयुक्तले नै देखा देखि घुस खान्छन् भने अरू माथि हामीले औला ठड्याउन पाउनु पर्छ र अरू पनि शङ्काको घेरा भित्र पर्न सक्छन्।यो आयुक्त पाठकको राजीनामा होइन यस्तालाई महा अभियोग लगाएर मुस्लिम देशहरूमा झैँ टुडीखेलमा लगेर सारा जनताको माझ झुण्डाउने वा गोली ठोकेर मार्नु पर्छ।त्यसै गरी सरकारको मन्त्री पदमा बस्नेहरू र पुराना मन्त्रीहरूले पनि भ्रष्ट्राचार गरेको छन् भने तिनीहरूलाई पनि त्यसरी नै जनताको सामु ल्याएर मृत्युदण्ड दिने कानुन नेपालमा ल्याउनु पर्छ।बलात्कारी,हत्याराहरूलाई पनि त्यसरी नै मार्ने नीति नियम बनाऊ जरुरी छ।लाज पचेका आयुक्त यो मेरो भूल भयो भन्दै क्षमा मागेर हुन्छ ? यसले भ्रष्ट्रचार त गर्‍यो तर यसको सात पुस्तालाई नराम्रो गरेर छाड्यो।यस्ताले त मरे पछि पनि शान्ति पाउने छैन।सुन्दै छु पाठकलाई १२ वर्षको जेल सजाय तोकियो रे ! यो त कम भएन र भन्या ?

यी आयुक्त पाठकले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकसँग घुस लिएको भिडियो रेकर्ड सम्बन्धी समाचार बुधवार देखि नै सार्वजनिक भएको थियो।उक्त भिडियो रेकर्ड प्रधानमन्त्री केपी शर्मा ओली, अख्तियार प्रमुख नवीन कुमार घिमिरे, नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र महान्यायाधीवक्ता अग्नि खरेलले ४ महिना अघि नै हेरिसकेको भए पनि उनीमाथि कारबाही अघि बढाएका थिएनन्।

सम्माननीय प्रम केपी ओलीले म भ्रष्ट्रचारीलाई एक आँखाले पनि देख्न चाहँदिन भन्नु हुन्थ्यो आखिर हो रै छ।सम्माननीय प्रम ज्यू हजुरले पानी जहाजको अफिसको पनि उद्घाटन गर्नु भयो त्यसै गरी प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा पनि गर्नु भयो तर खै त यी भ्रष्ट्रचारीहरूलाई कार्बाही ? कता हरायो वाइड बडी काण्ड ? कता हरायो एनसेल काण्ड ? कता हरायो सुन काण्ड ? कता हरायो फोर जी काण्ड ? कता हरायो बुढी गण्डकी काण्ड ? यस्ता बिसौँ काण्ड भएको छ ओली ज्यूको १ बर्से कार्य कालमा फागुन २ बाट उहाँको सरकारले पहिलो वर्ष पार गरी दोस्रो वर्षमा पार गरी सकेको छ।यी ३ करोड नेपालीका आँखाले अरू काण्डहरू देख्न नपरोस।यो अख्तियारको आयुक्त पाठकलाई १२ वर्षको जेल सजाय मात्र होइन टुडीखेलमा लगेर झुण्डाएर मारेको हेर्न चाहन्छन् नेपाली जनता ।