तीनदिन लगातार देशभर वर्षा हुने, सतर्क रहन आग्रह - Himal Post Himal Post
  • १० आश्विन २०८१, बिहीबार
  •      Thu Sep 26 2024
Logo

तीनदिन लगातार देशभर वर्षा हुने, सतर्क रहन आग्रह



काठमाडौं । मनसुन वर्षाको प्रभाव देशभरि नै रहेकाले अझै तीन दिनसम्म देशका अधिकांश भेगमा बदली र वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारे आज विज्ञप्ति जारी गर्दै देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।

आज दिउँसो देशभरि नै बदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ भने रातिको समयमा देशभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

शनिबार पनि दिउँसोको समयमा देशभर बदली रही देशको मध्य र पश्चिमी भेगका धेरै स्थान र पूर्वका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ, रातको समयमा पनि देशभरि नै बदली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने देखिन्छ ।

मध्य र पश्चिमी भू-गका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा ५.२ मिलिमिटर वर्षा भएको छ ।विराटनगरमा ४८, ताप्लेजुङमा २०, सिमरामा २०, भैरहवामा ५४, पोखरामा २२, जुम्लामा १२ र धनगढीमा ४८ मिलिमिटर वर्षा भएको छ । नयाँ पत्रिकामा खबर छ ।