आज भीषण वर्षा हुने, मौसम विभागले दियो यस्तो चेतावनी - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

आज भीषण वर्षा हुने, मौसम विभागले दियो यस्तो चेतावनी



काठमाडौं- मनसुन भित्रिएसँगै आज देशभर मौसम बदली भएको छ। देशका केही स्थानमा धेरै वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभर आंशिकदेखि सामान्य बदली भएको छ। दिनभर पनि मौसम बदली रहने महाशाखाले जनाएको छ।

देशको पूर्वी र मध्य भू–भागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभावले वर्षा हुनेछ। त्यस्तै, पश्चिमी भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर मौसम बदली रहनेछ। धेरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना छ।

साँझ पनि देशभर मौसम बदली रहनेछ। देशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १ ,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ। भीषण वर्षा हुने क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।