बिहारको जोगबनीबाट दिल्ली जाँदै गरेको रेल दुर्घटना,६ जनाको मृत्यु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बिहारको जोगबनीबाट दिल्ली जाँदै गरेको रेल दुर्घटना,६ जनाको मृत्यु



काठमाडौं । भारत बिहारको जोगबनीबाट दिल्ली जाँदै गरेको रेल दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।

सिमाञ्चल एक्स्प्रेसको रेल जोगवनी र दिल्लीको बीचमा पर्ने हाजीपुर रेलखण्डमा दुर्घटना भएको हो । गुडिरहेको रेलका ९ वटा डिब्बा उछिटिएर दुर्घटना भएको हो ।

आज बिहान करिब ४ बजे भएको दुर्घटनामा केही व्यक्ति घाइते भएका छन् ।

घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । घटनास्थलमा सयौं उद्धारकर्मी खटिएका छन् । (एजेन्सी)