प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता



काठमाडौं–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ।

यसअघि आजै बिहान प्रचण्ड–नेपाल पक्षका सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका थिए।

प्रधानमन्त्री ओलीनिकट मुख्यमन्त्री राईले शनिबार साँझ दाहाल–नेपाल पक्षधर आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोलाई बर्खास्त गरेका थिए ।