प्रतिस्पर्धीलाई चार लाख मतले हराउंदै राहुल गान्धी विजयी - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

प्रतिस्पर्धीलाई चार लाख मतले हराउंदै राहुल गान्धी विजयी



काठमाडौं -भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा चुनाव जितेका छन्।

दुई ठाउँबाट चुनाव उठेका गान्धीले मतगणना सकिएको केरलाबाट चुनाव जितेका हुन् भने उत्तर प्रदेशको अमेठीमा भने मतगणना भइराखेको छ।

गान्धीले केरलाको वायनाडमा चार लाख बढी भोटले प्रतिस्पर्धी भारतीय कम्युनिष्ट पार्टीका पीपी सुनिरलाई हराएको इकोनोमिक्स टाइम्सले जनाएको छ।

अमेठीमा भने गान्धी भारतीय जनता पार्टीकी उपाध्यक्ष स्मृति इरानीभन्दा आठ हजारभन्दा बढी मत पछाडि छन्।

मतगणनाको नतिजा आज बेलुकीसम्म आइसक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।