राहुल गान्धीमाथि ‘टार्गेट’ : गम्भीर सुरक्षा खतरा - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

राहुल गान्धीमाथि ‘टार्गेट’ : गम्भीर सुरक्षा खतरा



नयाँदिल्ली : कांग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा चुनावमा उम्मेद्वारी दर्ता गरेसँगै बुधबार पत्रकार सम्मेलन गरे । यस क्रममा उनको निधारमा हरियो लाइटको निशाना लगाइयो ।

जुन लाइट धेरैपटकसम्म देखाइएको थियो । कांग्रेसले भने यसरी लाइट देखाइएको कुरालाई सुरक्षा खतराको विषयसँग जोडेर ब्याख्या गरेको छ । कांग्रेसले औपचारिक रुपमै पार्टी अध्यक्ष राहुल गान्धीलाई निशाना लगाइएको अभिव्यक्ति जारी गरेको छ ।

विशेष सुरक्षा समूहका निर्देशकले जाँच गरेपछि गृह मन्त्रालयले जारी गरेको वक्तव्यमा भने यसलाई मोबाइलको हरियो लाइट भनिएको छ । जुन कांग्रेस समर्थकहरुले नै फोटो खिच्नका लागि प्रयोग गरेको हुनसक्ने बताइएको छ ।

कांग्रेसका बरिष्ठ नेताहरुले गृहमन्त्रीलाई पत्र लेखेरै हरियो रङको ‘लेजर लाइट’ बाट राहुललाई सात पटकसम्म निशाना लगाइएको दावी गरेका थिए । उनीहरुका अनुसार उक्त लाइट स्पाइनर गनबाट निस्किएको लेजर लाइट जस्तै थियो । साथै आफूहरुमाथि निशाना भएको उनीहरुको भनाइ छ । कांग्रेसले यस्तो घटनामा कारवाहीको माग समेत गरेको छ । राहुलले आफू यसअघि पनि चुनावमा उठेकै क्षेत्र उत्तर प्रदेशको अमेठीबाटै उम्मेदवारी दिएका हुन् ।