राहुलको सनसनीपूर्ण शतक: बैंगलोरलाई विशाल लक्ष्य - Himal Post Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

राहुलको सनसनीपूर्ण शतक: बैंगलोरलाई विशाल लक्ष्य



एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई जितका लागि २ सय ७ रनको फराकिलो लक्ष्य दिएको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन बनायो ।

पन्जाबका लागि कप्तान केएल राहुलले अविजित रहदै सनसनीपूर्ण १ सय ३२ रनको शतकीय इनिङ्स खेले । उनले ६९ बलमा ७ छक्का र १४ चौका प्रहार गरे । उनी यस सिजनको आईपीएलमा शतक बनाउने पहिलो खेलाडी बने ।

यस्तै मायांक अग्रवालले २६ तथा निकोलस पुरनले १७ रन बनाए । करुण नायर १५ रनमा अविजित रहे ।

बैंगलोरका शिबम डुबेले २ तथा युजभेन्द्र चाहलले १ विकेट लिए ।

आज पन्जाब पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।

पहिलो खेलमा पन्जाब दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो ।

यता, विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोर भने लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

पहिलो खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले हराएको थियो ।