चुनाव हारेपछि राहुलले दिए अध्यक्ष पदबाट राजिनामा - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

चुनाव हारेपछि राहुलले दिए अध्यक्ष पदबाट राजिनामा



काठमाडौँ – लोकसभा चुनावमा हार स्वीकार गरेपछि कांग्रेस अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाईसँगै अध्यक्ष पदबाट राजिनामा दिएको खबर बाहिरिएको छ ।

भारतीय टेलिभिजन च्यानल ‘इन्डिया टीभी’ले स्रोतको हवाला दिँदै राहुलले सोनिया गान्धीलाई राजिनामा बुझाएको समाचार सम्प्रेषण गरेको छ । सोनियाले राहुललाई अहिल्यै राजिनामा नदिन आग्रह गरेकी थिइन् ।

तर राहुलले राजिनामा दिएको हो भन्ने स्वतन्त्र पुष्टि भने भएको छैन । स्वयं राहुलले मिडियालाई आफूले राजिनामा दिएको बताएका छैनन् । ‘यो मेरो र सीडब्ल्युसी (कांग्रेस वार्किङ कमिटी)बीचको कुरा हो,’ राहुलले भने ।

उत्तर प्रदेशको अमेठी र केरलाबाट चुनाव लडेका राहुलले केरलामा भने चुनाव जितेका छन् ।अमेठीमा पूरा मतपरिणाम आउनु अघि नै आफ्नो प्रतिद्वन्द्वी भाजपाकी स्मृता इरानीसँग हार स्वीकार गरेका गरेका थिए ।