राहुल गान्धीले पशुपतिनाथको दर्शन गर्ने ! - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

राहुल गान्धीले पशुपतिनाथको दर्शन गर्ने !



काठमाडौं- भारतीय काङ्ग्रेस आइका अध्यक्ष राहुल गान्धीको तीर्थ यात्रालाई लिएर राजनीतिक आलोचना, प्रतिआलोचना भइरहेका बेला उनले कैलाश मानसरोवरको दर्शनपछि पशुपतिनाथ दर्शन गर्ने भएका छन्।

स्रोतका अनुसार गान्धी सेप्टेम्बर १२ मा मानसरोवरबाट काठमाडौं आएलगत्तै उनले पशुपतिनाथको दर्शनसँगै विशेष पूजा गर्ने कार्यक्रम रहेको तय गरिएको छ।
गान्धी गत शुक्रबार दिल्लीबाट काठमाडौं आएको भोलिपल्टै कैलाश मानसरोवर दर्शनका लागि तिब्बत प्रस्थान गरेका थिए।

त्यसअघि पनि उनले मानसरोवरबाट काठमाडौं पर्किएपछि पशुपतिनाथ दर्शन गर्ने इच्छा व्यक्त गरेका थिए। गान्धी निकट स्रोतले भने उनले मानसरोवरको जल पशुपतिनाथलाई अर्पण गर्ने र त्यसपछि पशुपतिनाथमा विशेष पूजा गर्ने बताएको छ। गान्धीको पूजाका लागि करीब ६० हजार रकमको तयारी गरिएको छ।

सामान्यतया कुनै पनि व्यक्तले पशुपतिनाथमा विशेष पुजाका लागि तोकिएको रकम अग्रिमरूपमा बुझाउनु पर्ने हुन्छ।तर, पशुपति क्षेत्र विकास कोषले भने पूजाका लागि गान्धीले आफ्नो नामबाट त्यस्तो कुनै बुकिङ नगरेको जानकारी दिएको छ। ‘नाम नखुलाइ कसैले उहाँको पुजाका लागि बुकिङ गराएको भए हामीलाई जानकारी छैन’, विकास स्रोतले भन्यो।

कर्नाटकमा आफू चढेको विमान अचानक ८ हजार तल झर्दा कैलाश स्मरणमा आएको र त्यहाँ गइ दर्शन गर्ने इच्छा जागृत भएको गान्धीले बताएका थिए।
त्यहीक्रममा उनले काठमाडौं हुँदै कैलाश दर्शनपछि पशुपतिनाथको दर्शन गर्ने योजना बनाएका थिए।

भारतको सत्ताधारी भारतीय जनता पार्टी भाजपाका केही नेताले भने गान्धीको यो यात्रा राजनीतिक भएको आरोप लगाएका थिए।उनी गैर-हिन्दु भएकोले उनलाई कैलाश प्रवेशमा रोक लगाउन समेत एक प्रभावशाली नेताले चीनलाई आग्रह गरेका थिए।

गान्धीले ती सबै आलोचनालाई वेवास्था गर्दै सामाजिक सञ्‍जाल ट्वीटरमार्फत मानसरोवरको जल र त्यहाँको पवित्रताको बयान गर्दै त्यो जल घृणा मुक्त रहेको भनेर भाजपा नेतालाई घुमाउरो जवाफ दिएका थिए।

यसअघि उनकी आमा सोनिया गान्धीले झन्डै तीन दशकअघि पशुपतिनाथको दर्शनक असफल प्रयास गरेकी थिइन्।हिन्दुहरुको लागि मात्र प्रवेशको परम्परा रहेको पशुपतिनाथमा सोनिया गान्धी ‘इसाई’ भएको भन्दै उनलाई त्यहाँ प्रवेशबाट रोक लगाइएको थियो।

तर विकत एक वर्षदेखि भारतका विभिन्‍न हुन्दु तीर्थ स्थलहरुमा जान थालेका गान्धीले त्यहीक्रममा पशुपतिनाथको दर्शन र पूजाको इच्छा राखेपछि त्यसको व्यवस्था मिलाइएको हो। उनको पशुपतिनाथको पूजामा भारतबाट समेत उनका केही समर्थक आइसकेको स्रोतले दावी छ।