राहुल गान्धी र नेपाली युवतीबीच प्रेम सम्बध ! - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

राहुल गान्धी र नेपाली युवतीबीच प्रेम सम्बध !



भारतको प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीको अघिल्लो महिना आकस्मिक र छोटो काठमाडौं भ्रमणबारे थप केही रोचक विवरण प्राप्त भएका छन्। राहुल बिमस्टेक सम्मेलनका लागि आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतै रहेका बेला १५ भदौमा काठमाडौं ओर्लिएका थिए।

बौद्धमा अचानक युवतीको प्रवेश

राहुल आफ्ना सहयोगीका साथमा राजधानीको उत्तरतिर रहेको बौद्धस्थित बौद्धनाथ स्तुपा पुगे। सुरक्षामा खटिएका चार सुरक्षाकर्मीले उनलाई चार दिशाबाट सुरक्षा दिइरहेका थिए। सुरक्षाकर्मीको उपस्थितिका कारण त्यहाँ कुनै भिभिआइपीको उपस्थिति छ भन्ने भेउ कसैले नपाउन् भनेर ती सुरक्षाकर्मी केही पर रहन्थे।

जब राहुल बौद्धनाथ स्तुपा पुगे, त्यही बेला एकजना युवती एकाएक राहुल नजिक पुगिन्। राहुल गोप्य रुपमा बौद्धनाथ स्तुपा पुगेका थिए। तर, उनको पहिचान गरेर ती युवती उनको नजिक पुगेपछि प्रहरी टोली सतर्क बन्यो। र, तत्काल आफ्ना कमाण्डरलाई यसबारे जानकारी गरायो।

राहुलतर्फ अघि बढ्दै गरेकी ती युवतीलाई रोक्न नजिकै रहेका सुरक्षाकर्मीले नखोजेका होइनन्। तर, सुरक्षाकर्मीहरु त्यतिबेला पछि हटे, जब ती युवतीलाई राहुल आफैंले बौद्धनाथ स्तुपा परिसरभित्र स्वागत गरे। ती युवती को थिइन्, तत्काल प्रहरीले चिनेनन्। राहुलले पनि ती युवतीसँग आफ्नो भेट हुने जानकारी नेपाली सुरक्षाकर्मीलाई गराएका थिएनन्।

आखिर को थिइन् त ती युवती? प्रहरी स्रोतका अनुसार, राहुलले बौद्धनाथ स्तुपाभित्र भेटेकी ती युवति पत्रकार सुम्निमा उदास थिइन्।

अमेरिकी समाचार संस्था सीएनएनमा आवद्ध भएर दिल्लीमा कार्यरत सुम्निमा बर्माका लागि नेपाली राजदूत भीम उदासकी छोरी हुन्। दिल्लीमै सुम्निमा राहुलबीच मित्रता बढेको चर्चा हुने गरेको छ। खिलराज रेग्मी मन्त्री परिषदको अध्यक्ष हुँदा उदासलाई भारतका लागि नेपाली राजदूत बनाइन लागेको चर्चापनि चलेको थियो। छोरी सुम्निमाको राहुलसँगको चिनजान र सामिप्यताका कारण उदासलाई भारतका लागि नेपाली राजदूत बनाइन लागेको अनुमान राजनीतिक र पत्रकारिता वृत्तमा बढेको थियो।

सुम्निमासँग भेटघाट र स्तुपाको अवलोकनपछि राहुल त्यहाँबाट निस्किए। सुरक्षास्रोतको दावी के छ भने, राहुल स्तुपा परिसरबाट निस्कँदा सुम्निमा साथमा थिइनन्।

राहुल बौद्धबाट फर्कंदा चावहिल–गौशाला सडक खण्डमा निकै ठूलो जाम थियो। जाम हुनुको कारण थियो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा भारतीय सहयोगमा पशुपतिनाथ क्षेत्रमा निर्मित आश्रमको उद्घाटन।

राहुल भाडाको गाडीमा थिए। उनलाई मोटरसाइकल सहितका सुरक्षाकर्मीले पच्छ्याएका थिए। बौद्धबाट लाजिम्पाट फर्किएपछि र्‍याडिसन होटल नजिकै रहेको रेष्टुरेन्ट ‘भूतू फुड बुटिक’ मा खाना खाए। खानापछि होटल फर्के, केही समय त्यहीँ बिताए। र, फेरि रातको समयमा काठमाडौं घुम्न निस्किए।

शुक्रबार मध्यरातसम्म राहुलले ट्याक्सीमा घुम्दै काठमाडौँको रात्रीकालिन जीवनको अनुभव लिए। त्यसक्रममा उनले केही समय ठमेलमा बिताए, त्यसपछि ललितपुर पुल्चोकस्थित ‘लबिम मल’ गए। त्यहाँ केही समय बिताएर राहुल होटलमै फर्किए।

स्रोत: नेपालखबर