राहुल गान्धीले हार स्वीकारे, नरेन्द्र मोदीलाई यसरी दिए बधाई - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

राहुल गान्धीले हार स्वीकारे, नरेन्द्र मोदीलाई यसरी दिए बधाई



काठमाडौं -भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले भारतीय लाेकसभा चुनावमा हार स्वीकार गरेका छन् ।

लाेकसभा चुनावमा भारतीय जनता पार्टीले प्रचण्ड बहुमतका साथ दाेस्राे पटक सत्तामा फर्किने निश्चित भएसँगै राहुलले हार स्वीकारेका हुन् ।

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पनि प्रधानमन्त्री मोदीलाई बधाई दिएका छन् । राहुलले अमेठीमा हार स्वीकार्दै हारको जिम्मेवारी पनि आफैले लिएका छन् । ‘अमेठीका जनताले गरेको निर्णयलाई म स्वीकार्छु र अमेठीका जनताले देखेका भरोसालाई स्मृतिले जोगाएर राख्नेछिन् । यसमा मलाई विश्वास छ,’ राहुलले भने ।

राहुल भन्छन्, ‘अरु कसैले मलाई गाली गरे पनि म प्रेमपूर्वक बोल्नेछु । बीजेपी र कांग्रेसको लडाई विचारधाराको हो ।’ राहुलले आफ्ना कार्यकर्ता तथा उम्मेदवारहरुलाई धैयर्ता नगुमाउन पनि भनेका छन् ।

‘यो मोदी र बीजेपीको जित हो र म फेरि पनि बधाई दिन चाहन्छु’, राहुलले भने । सबै कांग्रेस विचारधाराका एक भएर आफ्नो गरिमा र प्रतिष्ठालाई जोगाएर राख्ने राहुलले विश्वास लिएका छन् ।

राहुल गान्धी अमेठीबाट स्मृति इरानीसँग पछि रहे पनि उनी केरलकाे वायनाडबाट भने अत्याधिक मतका साथ जितकाे बाटाेमा रहेका छन् ।