राहुल काण्ड: नेपालमा बँदेलको मासु खाएको भन्दै भारतमा हंगामा ! - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

राहुल काण्ड: नेपालमा बँदेलको मासु खाएको भन्दै भारतमा हंगामा !



भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी कैलाश मानसरोवर तीर्थयात्रामा निस्किएका छन् ।

मानसरोबर यात्रामा जाने क्रममा राहुलले करिब १७ घन्टा नेपालमा विताएका थिए । व्यक्तिगत भ्रमणमा आएका राहुले नपालमा रहँदा कुनै राजनीतिक भेटघाट गरेनन् । राहुलले नेपालमा रहँदा नेपालकी एक युवतीसँग खाना खाएको चर्चा भारतीय सञ्चारमाध्यमहरुमा भाइरल भएको छ ।

शिवको वासस्थान कैलाश मनसरोवर यात्रामा निस्किएका राहुलले त्यस क्रममा ‘ननभेज’ (मासु) खाएको भन्दै भारतीय हिन्दुवादीे र भाजपाले विरोध गरिरहेको छ ।

नेपालमा रहँदा राहुलले लाजिम्पाट उत्तरढोकामा रहेको भुटु फुड बुटिक रेष्टुरेन्टमा डिनर गरेका थिए । राहुलले रेस्टुरेन्टमा नेवारी मिट प्वाटर, दार्जिलिङ म:म, चिकेन कुरकुरे र बँदेलको मासु खाएका होटलका सञ्चालकले जानकारी दिएको भन्दै समाचारहरु प्रकाशन भएका थिए ।

राहुलले तिर्थयात्राका क्रममा ननभेज खाना खाएको भन्दै भारतीय हिन्दूहरुले विरोध गरिरहेका छन् । उनीहरुले राहुलले हिन्दूको भावनासँग खेलवाड गरेको भन्दै आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमा राहुल गान्धी विरुद्ध अभियान नै सञ्चालन भएको छ ।

तर भारतीय कांग्रेस समर्थकहरुले भने राहुलले नेपालमा रहँदा भेज खाना खाएको भन्दै उनको खानाको तस्वीर सार्वजनिक गर्दै वचाउको प्रयास गरेका छन् ।

राहुलले मेन्यु देखाएर शुद्ध शाकाहारी भोजन अर्डर गरेको उनीहरुको दाबी छ ।

विवाद शुरु भएसँगै राहुलले रेस्टुरेन्टको खाना भेज थालीको फोटो पोस्ट गरेका छन् ।

तर रेस्टुरेन्टका एक वेटरले भारतीय मिडिलाई राहुलले नेवारी डिश, चिकेन, बँदेलको मासु खर्डर गरेको भारतीय सञ्चारमाध्यमलाई बताएको दाबी गरिएको समाचार आजतकको अनलाईनमा पोस्ट गरिएको छ ।

बीजेपी तथा अन्य हिन्दूवादीले राहुल गान्धीले धार्मिक भावनामाथि आहत गरेको आरोप लगाएका छन् भने भारतीय कांग्रेसले राहुलको कैलाश मानसरोवर यात्रा विरुद्धको हर्कत भनेको छ ।

राहुलले नेपालमा भेज खाना खाएको भएपनि भाजपाले गान्धीले  ननभेज खाना खाएको भन्दै निकृष्ट प्रचार गरेको भारतीय कांग्रेसको आरोप छ ।

राहुल गान्धी कैलाश मानसरोवर यात्रा १२ दिनको रहेको छ । उनी दिल्लीबाट शुक्रबार काठमाडौं आएका थिए र होटल र्‍याडिसनमा बसेका थिए । मानसरोवर यात्राका क्रममा राहुल गान्धी काठमाडौं हुँदै तिब्बत गएका थिए ।
मानसरोवर समुद्र सतहभन्दा लगभग १५ हजार ६० फीट माथि छ ।

अप्रिल महिनामा दिल्लीमा आयोजित कांग्रेसको जनआक्रोश जुलुसमा राहुलले भनेका थिए, ‘म दुई दिनअघि कर्नाटक जाँदै थिए , म विमानमा हुँदा विमान अचानक आठ हजार फीट तल पुग्यो । म त बेस्सरी काँपें अनि अब विमान गयो भन्ने सोचें । त्यतिखेर मलाई कैलाश मानसरोवरको याद आयो । म तपाईंहरूसँग १० १५ दिनको छुट्टी मागेर कैलाश मानसरोवरको यात्रामा जान्छु ।’