राहुल गान्धीलाई लाग्यो अर्को झट्का - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

राहुल गान्धीलाई लाग्यो अर्को झट्का



नयाँदिल्ली – भारतमा अघिल्लो साता सम्पन्न १७ औं लोकसभा चुनावमा पार्टीले पराजय व्यहोरेपछि भारतीय कंग्रेसका छ प्रदेश प्रमुखले राजीनामा दिएका छन् ।

असामका कंग्रेस आई प्रमुख रिपुम बोरा र झारखण्डका अजयकुमारले हारको नैतिक जिम्मेवारी लिँदै केन्द्रीय अध्यक्ष राहुल गान्धीलाई राजीनामा पत्र पठाएका छन् । पञ्जाबका प्रदेश प्रमुख सुनिल जखरले पनि राजीनामा दिएका छन् । उनी आफैं अभिनेता सनी देवलसँग पराजित भएका थिए ।

यसअघि महाराष्ट्रका अशोक चौहान, उडिसाका निरन्जन पटनाइक र उत्तर प्रदेशका राज बाबरले राजीनामा दिने बताएका थिए । मध्यप्रदेशका चुनावी अभियानका संयोजक एचके पटेलले गत साता नै राजीनामा दिएका थिए । उनीहरूको राजीनामा अध्यक्ष राहुल गान्धीले स्वीकृत गर्नु पर्नेछ ।

राहुल आफैंले गत शनिबार बसेको पार्टी केन्द्रीय समिति बैठकमा राजीनामा दिने बताएका थिए । तर सबै केन्द्रीय सदस्यले उनको राजीनामा जरूरी नभएको बताएपछि उनले राजीनामा दिएनन् ।

गत बिहीबार आएको चुनावी परिणाममा कंग्रेस आईले ५४२ मध्ये ५२ सिटमात्र जितेको थियो ।