कांग्रेस अध्यक्ष राहुल गान्धीविरुद्ध मुद्दा दर्ता - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

कांग्रेस अध्यक्ष राहुल गान्धीविरुद्ध मुद्दा दर्ता



काठमाडौं– कांग्रेस अध्यक्ष राहुल गान्धीविरुद्ध मुद्दा दर्ता भएको छ । आतंककारी मसुद अजहरलाई ‘जी’ भनेर सम्बोधन गरेको आरोपमा गान्धीविरुद्ध मुद्दा दर्ता भएको हो । बिहारको मुजफ्फरपुरस्थित सीजेएम कोर्टमा गान्धीविरुद्ध मुद्दा दर्ता भएको हो । उनीविरुद्ध देशद्रोहको आईपीसीको आधारमा मुद्दा दर्ता भएको हो ।

कांग्रेस अध्यक्ष गान्धीले पुलवामा भएको आतंककारी आक्रमणमा हात रहेको भनिएको जैस–ए–मोहम्मदका मसुद अजहरलाई ‘मसुद अजहर जी’ भनेका थिए । आजतकका अनुसार सोही घटनालाई लिएर मुजफ्फरपुरस्थित अदालतमा सामाजिक कार्यकता तमन्ना हाशमीले आईपीसीका विभिन्न धाराको आधारमा मुद्दा दर्ता गरेका हुन् ।

अध्यक्ष गान्धीले आतंकवादी अजहरलाई सम्मानजनक शब्द जी प्रयोग गरेर केवल भारतीयको भावनालाई मात्रै नभइ भारत देशमाथि पनि अपमान गरेको तमन्नाले आरोप लगाएका छन् ।