राहुल गान्धी पक्राउ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

राहुल गान्धी पक्राउ



काठमाडौं– भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आइका अध्यक्ष राहुल गान्धी पक्राउ परेका छन् । सीवीआई प्रमुख आलोक बर्मालाई सरकारले गरेको बर्खास्तीको विरोधमा भएको प्रदर्शनमा राहुल पक्राउ परेका हुन् ।

विरोध र्यालीको नेतृत्व गरेका राहुललाई दिउसो १ बजे र्यालीबाटै पक्राउ गरेको हो । राहुललाई लोधी प्रहरी स्टेशनमा २ घण्टा राखेर छोडिएको छ । आम निर्वाचन आउन एक वर्ष बाँकी रहँदा विपक्षी दलका नेता राहुल गान्धी मोदी सरकारका काम कारवाहीप्रति आक्रामक हुँदै आएका थिए ।

गान्धीले लोधी रोड पुलिस स्टेशनबाट निस्कदै गर्दा प्रधानमन्त्री मोदीले बदमासी गरेको प्रतिक्रिया दिए । उनले मोदीले बदमासी गरेको विषय सम्पूर्ण भारतले बुझेको भन्दै आफु देशका लागि जतिपटक पनि गिरफ्तारी दिन तयार रहेको बताए ।