राहुल गान्धी नेपाल भ्रमणमा आउने ! - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

राहुल गान्धी नेपाल भ्रमणमा आउने !



भारतीय कंग्रेस आईका अध्यक्ष राहुल गान्धी यही साउनमा काठमाडौं आउने लगभग पक्का भएको छ । भारतीय उच्च स्रोतका अनुसार अध्यक्ष गान्धीले नेपाल भ्रमण गर्ने’ आवश्यक तयारी समेत पूरा गरिसकेका छन् ।

नेपालमा उनी साउनमा शिवको विशेष पूजाआजा हुने भएकोले जुनसुकै दिन पारेर आउन सक्ने स्रोतको दाबी छ । पशुपतिनाथ मन्दिरको दर्शन गर्न गान्धी नेपाल आउन लागेका हुन् ।

भ्रमणको दौरान उनले नेपालका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने समेत मनशाय बनाएका छन् । नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउनुपर्नेमा राहुत धेरै अघिदेखि सचेत छन् ।