राहुल गान्धीले गरे अचम्मको निर्णय - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

राहुल गान्धीले गरे अचम्मको निर्णय



भारत । भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष तथा नवनिर्वाचित सांसद राहुल गान्धीले चुनावी परिणाम आफ्नो अनुकुल नाएपछी अचम्मको निर्णय गरेका छन् ।

उनले आफ्ना मतदाताहरूलाई निर्वाचन क्षेत्रमै गएर धन्यवाद दिने भएका छन् ।  यही जुन ७ देखि दुई दिनसम्म आफ्नो निर्वाचन क्षेत्र वायनाद गएर उनले मतदाताहरुलाई धन्यवाद दिने भएका हुन् ।

यसअघि उनले यही मे २४ तारिखका दिन पनि आफुलाई लोकसभा सदस्यमा निर्वाचित गरेको प्रति कृतज्ञता व्यक्त गर्दै मतदाताहरूलाई धन्यवाद दिएका थिए । उनले आफुसँगै निर्वाचित अन्य सांसदहरुलाई पनि बधाई दिएका छन् ।

अध्यक्ष गान्धीले आफ्नो निर्वाचन क्षेत्रबाट ७ लाख ५० हजार ३४ मत प्राप्त गरेका थिए । उनका निकटम प्रतिद्वन्द्वी लेफ्ट डेमोक्रयाटिक फ्रन्ट (एलडीएफ)का पिपि सुनिरलाई भने ४ लाख ३१ हजार ६३ जना मतदाताले मतदान गरेका थिए ।

अध्यक्ष गान्धी भारतकै अर्को निर्वाचन क्षेत्र अमेठीबाट पनि निर्वाचनमा प्रतिश्पर्धा गरेका थिए । तर त्यस क्षेत्रमा भने उनि स्मृति इरानीसँग पराजित भए । पराजित भएपनि उनले त्यस क्षेत्रका मतदाताहरुलाई पनि वक्तव्य मार्फत् धन्यवाद दिएका थिए  ।

अमेठीमा गान्धीलाई स्मृति इरानीले पराजित गरेकी थिइन् । इरानी नयाँ केन्द्रीय मन्त्रीमण्डलमा महिला तथा बाल विकास मन्त्री बनेकी छन् ।