राहतमा पनि राजनीति गरेपछि एमालेका नेता कार्यकर्तालाई स्थानीयले लखेटे - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

राहतमा पनि राजनीति गरेपछि एमालेका नेता कार्यकर्तालाई स्थानीयले लखेटे



काठमाडौं- बाढी पीडितलाई राहत बाँड्ने क्रममा एमालेले राजनीति गरेपछि मेलम्चीबासीले नेकपा (एमाले)का कार्यकर्तालाई लखेटेका छन् ।

बाढी पीडित बस्दै आएको मेलम्चीको इन्द्रेश्वरी माविमा राहत बाँड्ने क्रममा एमालेका कार्यकर्ताले राहत भन्दा राजनीति गरेको स्थानीयबसेको आरोप छ । स्कुलमा भएको राहत वितरणमा राजनीति गरेको भन्दै पीडितले एमाले कार्यकर्तालाई लखेटेका हुन् ।

स्थानीयले बाढी पीडितको लागि ल्याएको राहतमा एमाले निकट संगठन अनेरास्ववियुले राहत वितरणभन्दा बढी विज्ञापन गरेको भन्दै मेलम्चीवासीले विरोध गरेका थिए ।

खाद्यान्न लगायतका राहत सामग्री वितरणका क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । अनेरास्ववियुमा आबद्ध सोही विद्यालयका पूर्व विद्यार्थीहरुले राहत वितरण गर्दा संगठनको ब्यानर टाँसेपछि विवाद उत्पन्न भएको मेलम्ची प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीयले यो राजनीति गर्ने ठाउँ हैन भन्दै विरोध गरेपछि झडपको अवस्था सिर्जना भएको थियो । बाढी प्रभावितलाई राहत बाँड्ने क्रममा एमालेका दुई पक्षबीच पनि विवाद भएको थियो । एमालेको ओली र नेपाल पक्षबीच विवाद भएको हो ।

राहत वितरणमा अनेरास्ववियूको झण्डा नराख्ने भने पनि नेपाल पक्षले झण्डा राखेपछि ओली पक्षले आपत्ति जनाउँदै हुलदंगा गरेको थियो ।