कांग्रेस र फोरमलाई चकित पार्दै युवा नेता रहबर अन्सारी !
चर्चित युवा नेता रहबर अन्सारीले ४०० जना कार्यकर्ता माओवादीमा प्रवेश गराएका छन् ।
वीरगञ्ज महानगरका मेयरका प्रत्यासीसमेत रहेका अन्सारीले नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका नेता–कार्यकर्तालाई माओवादीमा प्रवेश गराएका हुन् ।
बुधबार वीरगञ्जको छप्कैयामा आयोजित कार्यक्रममा अन्सारीले विभिन्न पार्टी परित्याग गरेका कार्यकर्तालाई माओवादीमा प्रवेश गराउँदै अन्सारीले बिरामी समाज र राष्ट्रको उपचार गर्ने वास्तविक हैसियत वाम सरकारले राख्ने बताए ।
कार्यक्रममा कांग्रेस र फोरमबाट माओवादी प्रवेश गरेका नेताहरुले नेपालमा एउटै कम्युनिष्ट केन्द्र निर्माण र समृद्धिका लागि आफूहरु माओवादीमा आएको बताए ।
‘मुलूक निर्माणको अभियानमा जोडिन लाग्नुभएकोमा तपाईहरुलाई हृदयदेखि स्वागत गर्दछु ।
बिरामी समाज र राष्ट्रको उपचार गर्ने वास्तविक हैसियत वाम सरकारले राख्दछ’, अन्सारीले भने ‘२ नम्बर प्रदेशमा वामपन्थीको जित हुन नसक्नु जनताको हार हो । देशमा स्थिरता, विकास र समृद्धिका लागि वाम शक्तिलाई बलियो बनाउँ ।’