२०७५ पुस २, सोमवार

रघुवीर महासेठले पनि राजीनामा दिने !

October 10, 2018
470 Views
Spread the love
  • 194
    Shares

भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य रघुवीर महासेठले आफ्नो पार्टीका नेता वामदेव गौतम चुनाव लड्ने भनेर पार्टीभित्र आधिकारिक निर्णय नभएको स्पष्ट पारेका छन् । महासेठले पनि बामदेव गौतमका लागि आफूले जितेको धनुषा–४ छाड्न तयार भएको घोषण गरेका हुन् ।

उनले भने,‘वामदेव कामरेड चुनाव लड्ने भनेर पार्टीभित्र निर्णय भएको छैन् । मिडियामा आएको कुरा झुठै हो भनेर म भन्न सक्दिन् । उहाँले देशको परिस्थिति बुझ्नुभएको छ । पार्टीका नेता, कार्यकर्ताको मनोभावना बुझ्नुभएको छ । तर, उहाँ चुनाव लड्नुहुन्छ भनेर मलाई चाहीँ व्यक्तिगत रुपमा विश्वास छैन् । यदि लड्नुभयो भने उहाँलाई सिँगो पार्टी एक भएर विजयी बनाउँछौं ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने,‘वामदेव कामरेड चुनाव लड्ने भनेर न पार्टीभित्र आधिकारिक निर्णय भएको छ, न त उहाँ आँफैले निर्णय गर्नुभएको छ । उहाँ चुनाव लड्न तयार हुनुभयो भने उहाँको लागि छोड्न माननीयहरु तयार हुनुहुन्छ । अहिले माननीय सांसद रामबीर मानन्धरले राजीनामा दिने भनेर भन्नुभएको छ । तर, राजीनामा दिनुभएको छैन । र, उहाँले राजीनामा दिन जरुरी पनि छैन् । जबसम्म पार्टीको निर्णय हुँदैन्, तबसम्म राजीनामा दिन जरुरी छैन् । पार्टीले निर्णय गर्यो भने म पनि छोड्न तयार छु । पार्टीले निर्णय गरे हामी जोसुकै निर्वाचित सांसदपनि छोड्न तयार छौं । हाम्रो पार्टीको निर्णय अगाडि व्यक्तिको केही चल्दैन् ।’

उनले सरकार कमजोर भयो भनेर पार्टीभित्र असहमतिपत्र दर्ता हुनु स्वभाविक भएको प्रतिक्रिया दिए । उनले भने,‘हाम्रो पार्टीभित्र अहिले लाखौं सदस्यहरु हुनुहुन्छ, सबैले आफ्नो असहमति लिखित रुपमै पार्टीमा दर्ता गराउन सक्नुहुन्छ । लिखित रुपमा दर्ता भएका असहमतिहरुमाथि छलफल हुन्छ ।’

Facebook Comments
  • 194
    Shares

You may be interested

नेपालमा भारु नोट बन्द भारतमा हल्लीखल्ली
अर्थ/व्यवसाय
0 shares22 views
अर्थ/व्यवसाय
0 shares22 views

नेपालमा भारु नोट बन्द भारतमा हल्लीखल्ली

himal post - २०७५, २ पुष ०८:४०

काठमाडौं । नेपालमा सरकारले भारु १ सय भन्दा माथिका नोट प्रचलनमा रोक लगाएको विषयले छिमेकी भारतमा निकै हल्लीखल्ली मच्चिएको छ…

नेपाली खेलाडी धमलाले हङकङमा फहराए नेपाली झण्डा ।
समाचार
0 shares281 views
समाचार
0 shares281 views

नेपाली खेलाडी धमलाले हङकङमा फहराए नेपाली झण्डा ।

himal post - २०७५, १ पुष २१:५४

कर्ण अधिकारी,मकाउ चीन। चीनको स्वशासित क्षेत्र हङकङमा सम्पन्न भएको मुई थाई च्याम्पियनसिपमा नेपाली खेलाडी शङ्कर धमलाले गोल्ड मेडल( स्वर्ण पदक…

खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रतियोगीता सञ्चालन
शिक्षा
0 shares27 views
शिक्षा
0 shares27 views

खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रतियोगीता सञ्चालन

विशाल पाण्डेय - २०७५, १ पुष २१:५३

ललित जाग्री देवकलिया, कैलाली । सुखड स्रोत केन्द्र स्तरीय खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रतियोगीताका लागि खेलकुद तथा अतिरिक्त क्रियाकलापमा सहभागी…