रेडियोमा प्रहरी प्रवेश घटना प्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

रेडियोमा प्रहरी प्रवेश घटना प्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण



काठमाण्डौ:नेपाल पत्रकार महासंघले कैलालीको लम्की स्थित सामुदायिक रेडियो पश्चिमको स्टुडियोमा कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा प्रहरी प्रवेश गरेको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यही बैशाख ३० गते इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी नायब निरीक्षक कटक बहादुर रावतको नेतृत्वमा हातहतियार सहित गएको प्रहरीको टोलीले रेडियोको भवन भित्र प्रवेश गरी स्टुडियोमा अन्तवार्ता दिइरहेका व्यक्तिलाई पक्राउ गर्नुका साथै पत्रकारलाई धम्की दिएको महासंघले जनाएको छ ।

कुनै पनि बहानामा सञ्चार माध्यममा हातहतियार सहित प्रहरी प्रवेश गरिनु तथा प्रकाशन प्रसारण भएका सामग्री माथि पूर्व प्रतिबन्ध लगाइनु नेपालको संविधान विपरीतको कार्य हुनुका साथै प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप भएको महासंघको भनाइ छ ।

महासंघले आज एक विज्ञप्ति मार्फत प्रेस लाई हतोत्साहित र त्रसित बनाउने उक्त घटनाको भत्र्सना गर्दै घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।रासस