राधा चौधरीको जस्तो घटना नदोहोरियोस भन्दै स्थानीयहरु एक जुट
निरु कार्की
पहलमानपुर , कैलाली । कैलालीको घोडाघोडी नगरपालीकामा फागुन २४ गते भएको घटनाको निन्दा संगै आगामी दिनमा यस प्रकारका धर्मका नाममा कुनै पनि घटना नहुन भन्दै सोहि क्षेत्रका स्थानिय एकजुट भएका छन ।
कैलालीको घोडाघोडी नगरपालीका ५ देउकलीयाका स्थानियहरु भल्मनसाको घरमै उपस्थित भई राधाको संमान संगै यस पत्रीका घटना कहिल्यै दोहरीन नदिने प्रतिबद्धता समेत जनाएका छन । धेरै सहभागीहरुले मन्तव्य राख्दै अब यस प्रतिका घटना यस क्षेत्रमा कहिल्यै हुन नदिन युबा,महिला सचेत हुने भन्दै प्रतिबद्धता जनाएका छन ।
कार्यक्रममा स्थानिय भल्मनसा राजाराम चौधरीले समाजमा मेलमिलापको बाताबरण कायम गर्न औपचारीक कार्यक्रमको आयोजना गरेको बताउनु भयो । त्यस्तै कार्यक्रमा समाजसेबी जित बहादुर चौधरीले सबैको हातेमालोले मात्रै समाज परिबर्तन हुने भएकाले सबै एकजुट हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा राधा चौधरीले आफु जस्तो घटना कसैका छोरी चेलीमा नपरोस भन्दै सबैनारी एउटै भएका कारण कसैलाई पिडा दिइ आफुखुसी हुन राम्रो नहुने भएकाले अब सबैलाई बोक्सी हुदैन्न भन्ने शिक्षा प्रवाह हामीले गनुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्थानीय महिला पर्ना चौधरी , अनमिका चौधरी , कृष्णा चौधरी , आसादेवी डगौरा , खुसीराम चौधरी धन बहादुर सापकोटा लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन सोहि क्षेत्रका स्थानिय बालक चौधरीले गर्नुभएको थियो ।
कार्यक्रममा राधालाई दोसल्ला सहित संमान संगै सहयोगार्थ स्थानियहरुले ३ हजार ५५ नगद प्रदान गनुभएको थियो । त्यस्तै कार्यक्रममा एसोसीयन अफ एग्रीकलचर नेपाल सुखड साखा अन्तरगत साखा प्रमुख बिनोद चौैधरी द्धारा १ हजार ५ नगद प्रदान गर्नु भएको थियो ।