रवीन्द्रका परिवारलाई प्रचण्डले यसो भने - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

रवीन्द्रका परिवारलाई प्रचण्डले यसो भने



नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका परिवारलाई भेट गरेका छन् ।

बिहीवार बिहान दिवंगत पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको बुबा, आमा र श्रीमतीलाई मन्त्री निवास हरिहरभवनमा भेट गरे भने पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई भेटेर समवेदना दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

नेकपा अध्यक्ष प्रचण्डले अधिकारी परिवारका सदस्यहरुलाई भेटेर शोकलाई सहनुको विकल्प नभएको र धैर्यधारण गर्न भने ।

मन्त्री अधिकारीको मृत्य भएपछि पोखरबाट काठमाण्डु ल्याइएका बाबु अझै अर्धचेत अवस्थामा रहेका छन् । बुधबार अपरान्ह ताप्लेजुङको चुहानडाँडामा भएको हेलिकप्टर दुर्घटनामा पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।