रविन्द्र मिश्रले सरकारलाई भने- कम्युनिष्टको नाममा कलङ्क ! - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

रविन्द्र मिश्रले सरकारलाई भने- कम्युनिष्टको नाममा कलङ्क !



विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले कम्युनिस्ट सरकारलाई कलङ्कको उपमा दिएका छन् । सरकारले पछिल्लो समय डा.गोविन्द केसी, गंगामाया अधिकारी को अनसनप्रति उदाशिनता देखाएको धरपकड गरेको कारण उनी आक्रोशित बनेका छन् ।

रविन्द्र मिश्रले आफ्नो फेसबुक पेजमा नेताका प्रवृत्ति र सरकारका राम्रा छाप भएका मन्त्रीले पनि काम गर्न नसकेका कारण कडा व्यङ्ग्य गरेका छन् ।

नेताले पत्नी बिरामी भए दिल्ली र सिंगापुर उपचार गर्न लैजाने तर चिकित्सा क्षेत्रको सुधारमा माग गर्नै केसीलाई धरपकड गर्ने, न्यायको भिख माग्ने गंगामायाप्रति उदाशिनता देखाउने, विपन्न जनताको स्वास्थ्यप्रति चासो नदेखाउने भन्दै यो सरकार कलङ्क नै भएको बताएका छन् ।

अहिलेको सरकारका राम्रा मानिएका मन्त्रीहरूले पनि माखो मार्न नसकेको भन्दै उनीहरूको कामप्रति प्रश्न गरेका छन् । उनले लालबावु पण्डित, गोर्कण विष्ट र रविन्द्र अधिकारीको कार्यशैलीप्रति व्यङ्ग्य गर्दै भनेका छन् “तपाईँहरूलाई निन्द्रा लाग्छ आजकल ?”

प्रचण्डले सिंगापुरबाट श्रीमतीलाई उपचार गराएर फर्काएपछि उनले लेखेको यो स्टेटस प्रचण्डप्रति पनि लक्षित भएको देखिन्छ ।