रविन्द्र मिश्र आश्चर्यमा परेपछि…
काठमाडौं– साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्रले आफु आश्चर्यमा परेको जनाएका छन् । उनले राष्ट्रपतिको मेरो सरकार प्रकरणमा कसको दिमागमा फुर्यो यस्तो बुद्धि ? भन्दै आश्चर्य प्ताकत गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु अत्यन्त गैरजिम्मेवार र लोकतान्त्रिक भावनाको बरखिलाफ भएको टिप्पणी उनले गरेका छन् ।
उनले यो राष्ट्रपतिको सरकार भनइ नेपाली जनताको सरकार भएको बताएका छन् । संविधानमा नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपली जनतामा निहित रहेको उल्लेख रहेको भन्दै संयोजक मिश्रले यो त अति भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै मिश्रले लेखेका छन्,‘यो त अति भयो। प्रधानमन्त्रीको कार्यालय, क्याबिनेट, राष्ट्रपतिको कार्यालय र राष्ट्रपति स्वयं यति अबुझ होलान् भनेर कसरी कल्पना गर्ने। ती सबैले नीति तथा कार्यक्रम पढेका हुन्छन्। पहिले श्री ५ को सरकार भनिन्थ्यो अहिले यो राष्ट्रपतिको सरकार होइन। कसको दिमागमा फुर्यो यस्तो बुद्धि ?’