पर्यटनमन्त्री अधिकारी चडेको हेलिकप्टर दुर्घटना : आगोको मुस्लो देखियो
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सुरक्षा अधिकारीहरुले हेलिकप्टर दुर्घटनामा परेको आशंका गरेका छन् ।
मन्त्री अधिकारी पाथिभरा मन्दिर दर्शन गर्न गएको बताइएको छ । मन्त्री अधिकारीसँगै प्रधानमन्त्री कार्यालयका सचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा लगायत ६ जना रहेको बताइएको छ ।
हेलिकप्टर दारेडाँडामा रहेको जंगलमा दुर्घटना भएको आशंका गरिएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीका अनुसार जंगलमा आगोको मुस्लो देखिएको छ । आगो देखिएको ठाउँ सदरमुकामाबाट तीन घन्टा टाढा रहेको उनले बताए ।