रवीन्द्र मिश्रले भने : बाबुराम भट्टराईदेखि सावधान - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

रवीन्द्र मिश्रले भने : बाबुराम भट्टराईदेखि सावधान



काठमाडौँ ।  विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले  पूर्व नयाँ शक्ति पार्टीका संयोजक तथा हाल समाजवादी पार्टी नेपालका डा. बाबुराम भट्टराईसंग सावधान रहन आग्रह गरेका छन् ।

उनले गुठी विधेयकबिरुद्धको आन्दोलनले नेवा राज्यसम्मको गति लिईरहँदा बाबुराम भट्टराईले जातीयताको मुद्दा फेरी उठाएको भन्दै सावधान रहन आग्रह गरेका हुन् ।

उपत्यकाका नेवार समुदायले प्रस्तावित गुठी विधेयकविरुद्ध आयोजना गरेको खबरदारी सभामा ‘नेवाः राज्य’ को माग उठेपछि त्यसको पक्ष र विपक्षमा बहस जारी छ । बिहीबार मात्र पूर्व नयाँ शक्ति पार्टीका संयोजक तथा हाल समाजवादी पार्टी नेपालका डा. बाबुराम भट्टराई तथा साझा विवेकशील पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यबीच जातीय राज्य स्थापनाको विषयमा बहस भएको थियो ।

यो कडीमा अहिले साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्र पनि जोडिएका छन् । मिश्रले बाबुरामतर्फ इंगित गर्दै राजनीतिक लाभको पद पाउनका लागि शान्तितर्फ अग्रसर समाजमा पुनः जातीयताको विष छर्ने काम भइरहेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्,

उनले हिंसाको विष छरेर हिंसालाई संस्थागत गरिदिए, क्षमाशील नेपाली समाजले क्षमा गरिदियो । फेरी एकपटक ‘त्यो पद’ पाउन विक्षिप्त भएर भौतारिरहेका उनी शान्तितर्फ बल्लबल्ल अग्रसर समाजमा पुनः जातीयताको विष छर्दैछन् । जातीयताको आगो लाग्यो भने ताली र गाली खाने दुवैको घर जल्नेछ । सबै सावधान हौँ ।